पल शाहविरुद्ध गैंडाकोटमा पनि बलात्कारको उजुरी दर्ता

NAWALPUR TIMES

पल शाहविरुद्ध गैंडाकोटमा पनि बलात्कारको उजुरी दर्ता
xqfNGiTpvSJD37AkNB8P

नवलपुर । अभिनेता पल शाहले १३ महिना अघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती युवतीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् ।

गैंडाकोटकी प्रहरी निरिक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन युवती र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदन उपर तत्कालै अनुसन्धान शुरु गरिने निरिक्षक पाण्डेले बताइन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology