परोपकार साकोसको स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न
NAWALPUR TIMES
received 593344104777206
होमनाथ पौडेल/दलदले परोपकार बचत तथा ॠण सहकारी संस्था लिमिटेडले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको १३ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको प्रधान कार्यालय देवचुली-१३को प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
परोपकार साकोसको स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न 3
बृहत रक्तदान कार्यक्रमका संयोजक एवं संस्थाका कोषाध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा एवं देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथीकारुपमा संस्थाका अध्यक्ष खेमराज सापकोटा रहनुभएको थियो भने रक्तसञ्चार केन्द्र भरतपुरका प्राविधिक सुनिता सापकोटा अतिथीका रुपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले रक्तदान कार्य आफैँमा महान भएकाले रक्तदान गर्नेलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो।
परोपकार साकोसको स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न 4
रक्तदान कार्यक्रममा ५५ जना सहभागी भएको संस्थाले जानकारी दिएको छ। परोपकार साकोसले आफ्नो स्थापना दिवस यहि पौष २६ गते मनाउन गइरहेको छ।
Facebook Comment