परीक्षाको बेला पूरा समय विद्यालयमा बस्न कावासोती नगरपालिकाको शिक्षकलाई निर्देशन

NAWALPUR TIMES

परीक्षाको बेला पूरा समय विद्यालयमा बस्न कावासोती नगरपालिकाको शिक्षकलाई  निर्देशन
1630510743208 1024x576 1 1 1

कावासोती । परीक्षाको समय पूरा समय विद्यालयमा बस्न कावासोती शिक्षा शाखाको शिक्षकलाई निर्देशन जारी गरेको छ ।

परीक्षा सन्चालन हुने दिनहरु तथा अन्य अतिरिक्त क्रियाकलाप सन्चालन भएका दिन शिक्षक तथा कर्मचारीहरु पूरा समय (१०-४) सम्म विद्यालयमा नबस्ने गुनासो सरोकारवालाहरुबाट आएको तथा अनुगमनका क्रममा समेत केही विद्यालयहरु त्यस्तै अवस्थामा भेटिएको भन्दै शिक्षक तथा कर्मचारीहरुलाई विद्यालय खुलेको दिन पूरा समय विद्यालयमा बस्न नगरपालिकाको शिक्षा शाखाले निर्देशन जारी गरेको हो ।

नगरशिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा जारी गरिएको निर्देशनमा परीक्षा सन्चालन हुने दिनहरु तथा अन्य अतिरिक्त क्रियाकलाप सन्चालन भएका दिन पूरा समय विद्यालयमा बस्नु पर्ने तथा सो समयमा शैक्षणिक तथा सृजशिल कार्यहरु योजना निर्माण, शैक्षिक सामाग्री निर्माण, प्रविधिको सिकाई, शैक्षिक अभिलेख व्यवस्था, अभिभावक सँगको भेटघाट तथा अन्तरक्रिया,उतर पुस्तिका परिक्षण लगाएतका अन्य सृजनात्मक कार्यहरु गर्नु पर्ने उल्लेख छ ।

निर्देशनमा प्रधानाध्यापकले शिक्षकहरुले गर्ने गरेको कामको अभिलेख राख्ने तथा नयाँ सृजनशिल कार्य गरेको भए सोको जानकारी शिक्षा शाखामा बुझाउन भनिएको छ ।

एक सिफ्ट मात्र परीक्षा सन्चालन हुने विद्यालयका शिक्षकहरु परीक्षा सकिए पछि घर जाने गरेको तथा दुई सिफ्ट परीक्षा हुने विद्यालयमा आफ्नो सिफ्टमा मात्रै विद्यालय आउने गरेको गुनासो आए पछि नगरपालिकाको शिक्षा शाखाले निर्देशननै जारी गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology