परिवर्तनका लागि युवा नेपालद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

परिवर्तनका लागि युवा नेपालद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
received 2053665628111984


होमनाथ पौडेल /२९ माघ , देवचुली

परिवर्तनका लागि युवा नेपालले देवचुली-९ विशालटारमा रहेको मनकामना आधारभुत विद्यालयका २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ। आज बुधबार संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबिच सहयोगदाता प्रदिप बराल र रोशन पौडेलको आर्थिक सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष राजु चापागाईंले बताउनुभयो।

परिवर्तनका लागि युवा नेपालद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न 2

शैक्षिक सामाग्रीअन्तर्गत कापी, डट्पेन, सिसाकलम, पेन्सिल कलर, इरेजर साप्नर आदि प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक धनमायाँ कडरियाले सहयोगदाता संस्था र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको लागी अनुरोध समेत गर्नुभएको थियो। युवा अभियान्ता होमनाथ पौडेल तथा विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्तिथिमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष एवं युवा अभियान्ता विश्वास लामिछानेले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology