परासीमा भूमिआयोगद्धारा राजनीतिक दलहरुसँग छलफल

NAWALPUR TIMES

परासीमा भूमिआयोगद्धारा राजनीतिक दलहरुसँग छलफल
received 352470242753614 scaled

मोहन पौडेल
परासी, ८ चैत । भूमिसम्बन्धि समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्ला स्थित राजनीतिक दलहरुसँग छलफलगरेको छ । छलफलमा आयोगले अहिलेसम्म गरेका कार्य, आगामी योजना तथा राजनीतिकदलबाट गरिएका अपेक्षाका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा आयोगकीजिल्ला अध्यक्ष विमला अर्यालले आयोगको केन्द्रिय कार्ययोजना अनुसार आगामी असारभित्रसवै स्थानीय तहमा सम्झौता गरी लालपूर्जा वितरणको प्रक्रियालाई अगाडि बढाउनेलक्ष्य रहेकोमा जिल्ला आयोगले तोकिएको समय अगावै जिल्लाका सातै स्थानीय तहसँगसम्झौता गरी कार्य अघि बढाएको जानकारी दिनुभयो । केन्द्रिय आयोगसँगरामग्राम, सुनवल र बर्दघाट नगरपालिकाले पहिलो चरणमा सम्झौता गरी भूमिहीनदलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिसकेका छन्भने जिल्लामा आयोग गठन भएपछि सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकासँगसम्झौता गरी सूचना प्रकाशनको लागि केन्द्रिय आयोगलाई अनुरोध गरिएको अध्यक्षअर्यालले बताउनुभयो । जिल्लामा कोही पनिनागरिक भूमिहीन हुन नपरोस् र वास्तविक भूमिहीन नछुटुन् भन्ने लक्ष्यका साथआयोगले तीव्र रुपमा काम गरिरहेको र तल्लो तहसम्म यस सम्बन्धि सूचना प्रवाह रसहजीकरण गरिदिन उहाँले दलहरुसँग आग्रह गर्नुभयो । उहाँले विगतका आयोगका अधुराकाम र रोक्का भएका जग्गा फुकुवा गर्ने कार्यमा पनि आयोग सक्रियता पूर्वक अघिबढेको बताउनुभयो । कार्यक्रममा सहभागिराजनीतिक दलहरुले वास्तविक भूमिहीन छुट्न नहुने, विगतका आयोगका अधुरा कामतत्काल अघि बढाउन र त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए। कतिपय वडामा जनप्रतिनिधिले वास्तविक भूमिहीनलाई सिफारिस दिन नमानेको,कतिपय स्थानमा पूर्जा दिलाईदिने भन्दै विचौलियाले रकम असुली गर्ने गरेको जस्तागुनासो आएकोले आयोग यस्ता विषयमा चनाखो रहनुपर्नेमा पनि जोड दिएका थिए ।आयोगकी अध्यक्षअर्यालको अध्यक्षता तथा पूर्व राज्यमन्त्री घनश्याम यादवको प्रमुख आतिथ्यमा भएको उक्तकार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, नेकपा एमालेका सहसंयोजकथानप्रसाद गैरे, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, जनता समाजवादीपार्टीका सहसचिव चन्द्रभुषण पाठक,राप्रपाकी कार्यबाहक अध्यक्ष सम्झना चौधरी, राष्ट्रियजनमोर्चाका जिल्ला अध्यक्ष उत्तम खरेल, सुकुम्बासी आयोगका पूर्व सदस्य ईन्द्रसापकोटा, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष कमला पराजुली, अनेमसंघकी अध्यक्ष राधाढकाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा,आयोगका जिल्ला सदस्य केृष्णप्रसादबगाले, विज्ञ सदस्य बद्रीमान श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology