परासीमा गोलि चलाएर फरार भएका युवा पक्राउ

NAWALPUR TIMES

परासीमा गोलि चलाएर फरार भएका युवा पक्राउ
0e23e473ed2ae8a56812fad975bda6e66fc285f9f650f2c5618f873d25b7a18e.0

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिउँसै गोली हान्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव छन्।

 

उनले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए।

हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलेको थियो। काकाको मृत्युपछि निसन्तान रहेकी काकीलाई मारेपछि सबै अंश आफ्नै नाउँमा बनाउने मनशायका साथ हंसरामले काकीमाथि गोली चलाएका थिए। अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि २ राउण्ड गोली प्रहार गरेका थिए। तर गोली लाग्नबाट उनी बचेकी थिइन्।

गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कँडेलले जानकारी दिए। आफन्तको घरमा लुकिरहेको अवस्थामा पेस्तोलसहित उनी पक्राउ परेका हुन्।

पक्राउ परेका हंसराममाथि हातहतियार खरखजना र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने एसपी कँडेलले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology