पपुवा न्यु गिनीद्वारा नेपाललाई २९३ रनको चुनौतिपूर्ण लक्ष्य

NAWALPUR TIMES

पपुवा न्यु गिनीद्वारा नेपाललाई २९३ रनको चुनौतिपूर्ण लक्ष्य
Nepali Cricket1648033557

खेलमा टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ८ विकेट क्षेतीमा २९२ रन बनाउदै नेपाललाई २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल बिरुद्ध पपुवा न्यु गिनीको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो।

पपुवा न्यु गिनीको ब्याटिंगमा चार्ल्स अमिनीले सर्वाधिक ७७ रन योगदान दिए जुन क्रममा १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। असद भालाले ६०, नोर्मन भुवाले ४७ तथा राइली हेकुरेले ३१ रन योगदान दिए।

नेपालका बलर दिपेन्द्र ऐरी ( १०-१-३०-२ ) र सोमपाल कामिले ( ९-०-८१-२ ) समान २ विकेट लिए। कप्तान सन्दिप लामिछाने ( १०-०-६२-१ ) , पवन सर्राफ ( ५-०-२५-१ ) ले १/१ विकेट लिए।

खेलमा नेपालको लागि दायाँ हाते ब्याट्सम्यान देव खनालले डेब्यु गर्ने भएका छन्। देवलाई कप्तान सन्दिप लामिछानेले डेब्यु क्याप दिएका हुन्। युएई टुरमा डेब्यु गरेका ब्याट्सम्यान भिम शार्कीले पनि अन्तिम एघारमा मौका पाएका छन्। अनिल शाहले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् जो विकेटकिपरको भूमिकामा हुनेछन्। सागर ढकाल, बिक्रम सोब, सुशन भारि र गुल्सन झा बाहिर छन्।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामि, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भिम शार्की, अनिल कुमार शाह ( विकेटकिपर )

पपुवा न्यु गिनीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई पराजित गर्न सकेको छैन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology