पढेको हुबहु सम्झ्ने र पढन जाँगर लाग्ने यी सरल तरिका

NAWALPUR TIMES

पढेको हुबहु सम्झ्ने र पढन जाँगर लाग्ने यी सरल तरिका
book resources to read for cissp certification exam article

धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका बच्चाहरुलाई किताब हेर्न मन लाग्ने कुरा पनि भएन् । अर्को नेपालमो शैक्षिक प्रणाली पनि राम्रो छैन ।

हाम्रा स्कुलहरुमा विद्यार्थीलाई घोकाएर वा यातना दिएर अध्यनमा लगाउने गरिएको छ, यो आफैंमा गलत हो । अर्को तिर कतिले बच्चालाई प्रलोभनमा पारेर पनि पढ्न लगाउँछन् । पिटेर पढाउनु भन्दा यो केही राम्रो भए पनि उत्तम तरिका भने होईन ।

पिटेर पढाएको बच्चा ठुलो भएपछि पढ्न मान्दैन । उसको दिमागमा पढाई भनेको पिटाईबाट बच्ने तरिका मात्रै हो जस्तो लाग्छ । उ जो सँग डराउँछ उनीहरु भएको समयमा पढ्न थाल्छ बाँकी समय पढ्छ नै भन्ने हुँदैन । अर्को तिर प्रलोभन पनि मानसिक रुपमा तयार गर्ने सही तरिका होईन ।

पिटेर, घोकाएर पढाएको शिक्षाले विद्यार्थीलाई कालान्तरमा फाइदा पर्याउन सक्दैन । नेपालमा निजी क्षेत्रका विद्यालयहरुमा यस खालका समस्याहरु देखा पर्ने गरेका छन् । पढ्ने कुरालाई यदी हामीले बानीको रुपमा विकास गर्न सक्यो भने त्यो सही तरिका हुन जान्छ । सबै भन्दा राम्रो के हुन्छ भने तपाई पनि बच्चासँगै बसेर पढ्नुहोस् । एउटा सत्य के हो भने हरेक बच्चाले उसका बुवा आमाले के गरिरहेको छ भन्ने कुराबाट नै धेरै कुराहरु सिक्न थाल्छन् । यदी आफुले मोबाइल वा टिभी हेर्दै बच्चालाई पढ्न भन्नुभयो भने त्यो लाभदायक हुँदैन ।

पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनुपर्छ भन्ने हुँदैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोगी भुमिका खेल्न सक्छ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने तरिका फरक हुन्छ ।

तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु रु फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन । पढ्ने कुरालाई हामीले मानसिक रुपमा जोड्नुपर्छ ।

मानसिकता तपाईको घरको वातावरण, समाजका भएका मान्छेहरुको व्यवहारले धेरै फरक पार्दछ । यी बाहेक अन्य तरिकाहरु पनि हुनछन् । जो आफुलाई चिन्न सक्ने हैसियत बनाउँनु भएको छ, उहाँहरुले अध्यन गर्ने तरिका फरक हुनसक्छ । सामान्य रुपमा चर्चा गर्दा सबैभन्दा पहिले मानसिक रुपमा तयार हुन आवश्यक हुन्छ ।

1.सुरुवात थोरैबाट गर्ने

2.आफ्नो उद्देश्य आफैँले बनाउने

3.अत्यास लाग्दा नआत्तिनुस्

4.जे मन पर्छ त्यही पढ्ने

5.पुस्तक नछुटाउनुस्

6.पढ्नको लागि समय छुट्ट्याउनुस्

7.पढ्ने कुरालाई चुनौतीका रुपमा लिनुहोस्

8.पढ्ने वातावरण आफैँ सिर्जना गर्ने

9.पुस्तक आफैँ किन्ने

10.धेरै थरिका पुस्तक पढ्ने

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology