पछिल्लो २४ जनामा थप ८ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १ सय ५७ पुग्यो

NAWALPUR TIMES

पछिल्लो २४ जनामा थप ८ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १ सय ५७ पुग्यो
received 402035130687189 1

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको छ।

पाँच वटा जिल्लाका पाँच पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रुपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology