काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। मृत्यु हुने दर यो अहिलेसम्मकै उच्च हो।  यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्।
											
											प्रकाशित :  २०७८ वैशाख  १६ गते १७:१७
										
										
										
	
										
										  
							 
						
Facebook Comment