पछिल्लो २४ घण्टामा १६६६ जना कोरोना संक्रमणमुक्त

NAWALPUR TIMES

पछिल्लो २४ घण्टामा १६६६ जना कोरोना संक्रमणमुक्त
Untitled 1

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने दर ८१ दशमलभ २ रहेको छ।

आज १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार एक हजार १ सय ९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ९ सय १२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १,५९,७२४ पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology