पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने दर ८१ दशमलभ २ रहेको छ।
आज १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार एक हजार १ सय ९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ९ सय १२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १,५९,७२४ पुगेको छ।
प्रकाशित : २०७७ कार्तिक २६ गते १७:००
Facebook Comment