पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण
Covid Kathmandu

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology