पछिल्लो २४ घण्टामा नवलपुरमा ३२ जना संक्रमण मुक्त , ९२ जनामा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३१ गते १८:०३
पछिल्लो २४ घण्टामा नवलपुरमा ३२ जना संक्रमण मुक्त , ९२ जनामा संक्रमण
nawalpur

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ३२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार अनुसार गैडाकोटका २६ जना , देवचुलीका २ , कावासोतीका ३ र हुप्सेकोटका १ जना गरि ३२ जना संक्रमण मुक्त भएका हुन।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा जिल्लामा ९२ जना संक्रमित थपिएका छ्न । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाको गैंडाकोटमा ४२ जना , देवचुलीमा ५ जना, कावासोतीमा ३१ जना , मध्यविन्दुमा ४ जना, विनयीत्रिबेणीमा ९ जना र अन्य १ जना गरि ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १०८६ पुगेको छ ।

प्रकाशित : २०७८ वैशाख ३१ गते १८:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI