पछिल्लो २४ घण्टामा देशभर २७२२ जनालाई कोरोना संक्रमण

NAWALPUR TIMES

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २७२२जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९   जनाको पिसिआर परिक्षणमा २७२२  जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology