नेशन्स लिगमा नेदरल्यान्डसको विजयी शुरूआत

NAWALPUR TIMES

नेशन्स लिगमा नेदरल्यान्डसको विजयी शुरूआत
1599273288.Netherlands win

काठमाडौं। नेदरल्यान्ड्सले नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा जित हात पारेको छ।

 

घरेलु मैदानमा गएराति भएको खेलमा नेदरल्यान्डसले पोल्याण्डलाई १-० ले पराजित गरेको हो।

 

नेदरल्यान्डसलाई विजयी गराउन स्टेभन बर्गविज्नले गोल गरेका थिए। उनले ६१औं मिनेटमा गरेको गोल टोलीको जितका लागि पर्याप्त भएको थियो। स्टेभनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

 

सोही समूहका इटाली र बोस्नियाले गएराति नै भएको खेलमा बराबरी खेलेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology