नेपाल हिल्फेद्वारा कावासोती रेडक्रसलाई रक्तसञ्चार भ्यान हस्तान्तरण

NAWALPUR TIMES

नेपाल हिल्फेद्वारा कावासोती रेडक्रसलाई रक्तसञ्चार भ्यान हस्तान्तरण
1654497513427

कावासोती । नेपाल रेडक्रस सोसाइटी कावासोती उप शाखाद्धारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि  रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ ।

नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो । सोमबार नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति बेदप्रसाद न्यौपानेको अध्यक्षता तथा कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमामा सप्पन्न कार्यक्रममा नेपाल हिल्फेका प्रतिनिधिले रक्तसञ्चार केन्द्रका लागि भ्यानको साँचो सभापति न्यौपानेलाई हस्तान्तरण गरेका हुन । ।

सोमबार हस्तान्तरण गरिएको रक्तसञ्चार भ्यानको लागत ९० लाख रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

रक्तसञ्चार केन्द्रका लागि गाडी प्राप्त भएसँगै  रक्तदान कार्यक्रममा प्राविधिक सहितको टोली पठाउन,  संकलन भएका रगत ओसारपसार गर्न , आकस्मिक रुपमा भरतपुर लगायतका ठाउँमा रगतको आवश्यकता भएको रगत पठाउन सहजता हुने भएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology