नेपाल शिक्षक संघकी पुर्व राष्ट्रिय उपाध्यक्ष विष्णुदेवि पाण्डे केन्द्रिय सदस्य लडदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २४ गते १३:१६
नेपाल शिक्षक संघकी पुर्व राष्ट्रिय उपाध्यक्ष विष्णुदेवि पाण्डे केन्द्रिय सदस्य लडदै
264905169 4655298381225016 4806577760047364613 n

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानकी सदस्य बिष्णुदेवी पाण्डेले नेपाली काग्रेसको केन्द्रीय सदस्य पदमा आकांक्षा राख्नुभएको छ । शुक्रवारदेखि काठमाण्डौंमा हुने नेपाली काँग्रेसको चौधौं महाधिबेशनमा खसआर्य महिला तर्फबाट आफ्नो उम्मेदवारी रहने नवलपुरकी नेतृ पाण्डेले बताउनुभयो ।

उहाँले गुणस्तरीय नेतृत्व बिकासको लागि आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभएको छ । उहाँले राजनीति मार्फत सामाजिक बिकासमा आफ्नो भुमिका रहने पनि बताउनुभयो ।

२०४७ सालमा कुमारवर्ती क्याम्पस ईकाईमा ने वि संघमा आवद्ध हुनुनभएकी पाण्डेले २०३६ सालको आन्दोलनमा बहुदल ल्याउनु पर्यो साथी जिम्मेवार आईपुग्यो हामी माथी बोलको तिज गित गाउँदै बहुदलको पक्षमा मत मागेको  स्मरण गर्नुभयो

२०४७ सालमा परासीबाट निस्कने पाल्ही सन्देश पत्रिका र चेतना पाक्षिक केन्द्रबाट पत्रकारीताको शुरुवात गर्नुभएकी पाण्डे २०४८ सालमा प्रेस युनियनको केन्द्रीय प्रतिनिधि र पत्रकार महासंघको सस्थापक सहसचिव एव महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

२०५० सालमा शिक्षण पेशामा प्रवेश गरि २०६५ सालमा शिक्षक संघको राष्ट्रिय कोषाध्यक्ष, २०६९ सालमा राष्ट्रिय उपाध्यक्ष ( महिला) हुँदै सार्क शिक्षक महासंघको उपाध्यक्ष समेतको अनुभव पाण्डेसँग छ ।

२०५५ साल देखि २०६७ सालसम्म नेपाल ट्रेड युनियन काङ्ग्रेसको महिला बिभाग सचिव हुनुभएकी पाण्डे २०७५ साल चैत्र महिना देखि शिक्षण पेशावाट अलग्गिनुभयो ।

२०७६ सालदेखि नवलपरासी( ब. सु. पुर्व) को नेपाल बाल संगठनको जिल्ला अध्यक्षका रुपमा रहनुभएकी पाण्डे २०७७ साल देखि वि पी अध्ययन प्रतिष्ठान नवलपुर जिल्ला अध्यक्ष हुनुहुन्छ ।

लायन्स क्लव अफ नवलपुर कावासोती सिटीको संस्थापक अध्यक्ष हुनुभएकी उहाँ अहिले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

जारी नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा आफूलाई केन्द्रीय सदस्य पदमा जिम्मेवारी प्रदान गर्न सम्पूर्ण काँग्रसी नेतृत्वगण, महाधिबेशन प्रतिनिधि लगायत सवै पक्षसँग आग्रह गर्नुभएको छ ।

प्रकाशित : २०७८ मंसिर २४ गते १३:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI