नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

NAWALPUR TIMES

नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
received 1372899726653081

कावासोती । कावासोती ११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद रिजालको अध्यक्षता एवं कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आथित्यतामा विद्यालयको ४८औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले बाटो घाटो, पुल कल्भर्ड जस्ता विकासका कामलाई थातीँ राखेर भए पनि बालबालिका र विद्यालयको विकासमा जोड दिनु पर्ने बताए ।

नगर भित्रका कतिपय विद्यालयमा भौतिक संरचना निर्माणमा जग्गाको अभाव रहेको बताउदै नगरप्रमुख भुसालले भएका संरचनालाई बालमैत्री बनाउदै जानू पर्ने बताए । विद्यालयहरुको भौतिक विकास सँगसँगै शिक्षाको गुणस्तरलाई बढाउदै जानू अहिलेको मुख्य काम भएको नगरप्रमुख भुसालको भनाई थियो ।

समग्र नगरको शैक्षिक गुणस्तरलाई माथी उठाउन नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरेकाले नगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा अब्बल हुदैँ गएको नगरप्रमुख भुसालले बताए ।

कार्यक्रममा विद्यालयको विकासमा सहयोग गरेका कुढौली मध्यवर्ती सामुदायिक वन र कुढौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई नगर प्रमुख भुसालले सम्मान पत्र प्रदान गरेका थिए ।

यसै गरि कार्यक्रम विद्यालयमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने कुढौली मध्यवर्ती सामुदायिक वनले १० जना विद्यार्थीलाई जनही ३००० को दरले संरक्षण छात्रवृत्ति तथा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट २१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पंगेनीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी , विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, पुर्व शिक्षक, विव्यसका पुर्व सदस्यहरुले शुभकामना राखेका थिए भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती सहित विज्ञान प्रदर्शनीमा सहभागी भएका थिए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology