नेपाल युएईसँग ६९ रनले पराजित

NAWALPUR TIMES

नेपाल युएईसँग ६९ रनले पराजित
Nepal1676717547

कावासोती । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल युएईसँग ६९ रनले पराजित भएको छ।

बिहिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाल युएईसँग  ६९ रनले पराजित भएको हो।

गुल्सन झाले १८ बलमा ४ रन बनाएर आउट भए। सोमपाल कामीले १३ बलमा ४ रन बनाएर आउट भए भने दिपेन्द्र सिहं ऐरीले २३ बलमा ७ रन बनाएर आउट भएका हुन्।  त्यस्तै कुशल मल्लले ५३ बलमा ६० रन बनाएर आउट हुन पुगे।

आरिफ सेखले १० बलमा बिना रन आउट भए। आसिफ सेखले १६ बलमा १७ रन बनाएर आउट भएका छन्। रोहित पौडेल २ बलमा बिना रन आउट भए भने ज्ञानेन्द्र मल्ल ६ बलमा बिना रन आउट हुन पुगे।

नेपालका लागि ओपनर कुशल भुर्तेल ६ बलमा ५ रन बनाएर आउट भए।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो।

युएईका लागि आशिफ खानले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले। रोहम मुस्ताफले ३७ तथा कप्तान चुन्दंगापोयल रिजवानले २२ रन जोडे।

त्यस्तै वृत्य अरविन्दले १८ रन जोड्दा अलिसान सारुफले २ रन जोडे।

नेपालका लागि सन्दीपले तीन् विकेट तथा  करण केसीले, आरिफ सेख र कुशल मल्लले एक एक विकेट लिए।

लिग टुको अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology