नेपाल पत्रकार महासंघ नवलपुरमा नयाँ नेतृत्व

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर ३० गते १०:१९
नेपाल पत्रकार महासंघ नवलपुरमा नयाँ नेतृत्व
IMG 20241214 002914 scaled

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको शुक्रबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रीराम सिग्देलको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

महिला उपाध्यक्ष, कोषाध्यक्ष, खुल्ला सहसचिव, र केही सदस्य पदमा सर्वसम्मत भएको भए पनि अन्य पदमा सहमतिहुन नसक्दा निर्वाचन भएको थियो ।

शनिबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष पदमा श्रीराम सिग्देल विजयी भएका हुन । उनले घनश्याम बगालेलाई  पराजित गरेका हुन । त्यसै गरि उपाध्यक्षमा सालिकराम कोइराला, सचिब पदमा चोलाकान्त रेग्मी विजयी हुँदा समावेसी सहसचिवमा ज्ञानु पंगेनी निर्वाचित भएकी छिन भने ७ जना कार्यसमिति सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको माया कंडेल, निशा भण्डारी,अजय पौडेल,राजु चापागाई, खगेन्द्र पराजुली,लोकनाथ पंगेनी र खेमनारायण महतो निर्वाचित भएका छन्।

यसअघि महासंघको महिला उपाध्यक्षमा धनु भुसाल,  कोषाध्यक्षमा असिफ गुरुङ,सहसचिवमा सञ्जय भट्टराई सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी महिला सदस्यमा राधिका भुसाल, दलित सदस्यमा राम सुनार, अल्पसंख्यक सदस्यमा प्रिमत भुजेल र जनजाति सदस्यमा पूजा गुरुङ सर्वसम्मत भएका थिए ।

सचिबमा निर्वाचित चोलाकान्त रेग्मी नवलपुर टाईम्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन भने सहसचिवमा निर्वाचित सन्जय भट्टराई नवलपुर टाईम्सका कार्यकारी सम्पादक हुन ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल बिच गठबन्धन भएको थियो । अध्यक्ष र सचिब पदमा प्रेस युनियनका घनश्याम बगाले र विष्णु गौडेलको बागी उम्मेदवारी परे पछि उनिहरुलाई प्रेस युनियनको केन्द्रिय अनुसासन समितिले ४ वर्षका लागि साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।

त्यसै गरि नवलपुरका केबि राना केन्द्रिय सदस्यमा, गण्डकी प्रदेश सचिबमा भविश्वर पाण्डे र गण्डकी प्रदेश कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भएका छ्न ।

प्रकाशित : २०८१ मंसिर ३० गते १०:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI