नेपाल दरै उत्थान समाज केन्द्रको दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरमा

NAWALPUR TIMES

नेपाल दरै उत्थान समाज केन्द्रको दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरमा
received 1645547999203507

यामु कुमाल

१४ वैशाख, नवलपुर
नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरमा हुने भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १२ नयावेलानीमा महाधिवेशन शुक्रबार र शनिबार हुन गइरहेको छ । दोश्रो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि ३ सय ५० सदस्यीय प्रतिनिधिमण्डल रहेको र उद्घाटन नेपाल आदिवासी जनाजाति महासंघका केन्द्रीय महासचिव विवश राईले गर्ने नेपाल दरै उत्थान समाज केन्द्रीय अध्यक्ष मंगलराम दरैले बताउनु भयो ।

महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नाका साथै दरै समुदायका लोप हुँदै गएको भाषा धर्म संस्कार संस्कृति , पहिचानलाई स्थापित गराउँदै लैजाने उहाँले जानकारी दिनुभयोे । नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सूचीकृत गरेको मध्ये दरै जाति पनि एक हो ।

महाधिवेशनमा १६ वटा जिल्लाका दरै समुदायका पदाधिकारीहरुको उपस्थित रहने छ । महाधिवेशन दुई दिनसम्म चल्ने छ । महाधिवेशनको व्यवस्थापन नेपाल दरै उत्थान समाज जिल्ला कार्यसमिति नवलपुरले गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology