नेपाल टेलिकमको चाडपर्व लक्षित ९० दिने बम्पर अफर

NAWALPUR TIMES

नेपाल टेलिकमको चाडपर्व लक्षित ९० दिने बम्पर अफर
Nepal Telecom central office HQ logo night data pack

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी आजदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने भएको हो  ।

पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएको टेलिकले जनाएको छ । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ ।

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा  Youtube Unlimited / Facebook Unlimited प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको Add-On Pack समेत खरिद गर्न सकिने टेलिकमले जनाएको छ  ।

यसअघि रु. ४० मा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी रु. १५ मा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक रु. १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु. ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ ।

यस अन्तर्गत रु. १० मा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र रु. १८ मा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज रु. १५ मा उपलब्ध हुनेछ ।

फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम/सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ ।

यसमा रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ । रिचार्जकार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।

यसैगरी, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

मिति २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निशुल्क प्राप्त हुनेछ । यसैगरी  *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।

यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुनेछ । यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था हटाइएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एप बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

ऋयखष्म(ज्ञढ को महामारीको कारणले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गर्नुपर्ने विषम परिस्थितिमा कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको अटम तथा फेस्टिभल अफर आकर्षक हुने विश्वास कम्पनीको रहेको टेलिकमले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology