नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ नवलपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

NAWALPUR TIMES

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ नवलपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
FB IMG 16147882582327965

गोविन्द नेपाली/कावासोती ।

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ नवलपुरको प्रथम साधारण सभा तथा अधिबेशन कावासोतीमा सम्पन्न भएको छ ।

अधिबेशनले देवि अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा जमुना काफ्ले , सचिवमा बिशाल महतो , कोषाध्यक्षमा दिल माया थापा , सहसचिवमा ज्ञानु रम्तेल, सदस्यहरुमा गोमा पराजुली , कमल परियार ,इन्द्र माया गुरुङ , बाबू राम परियार गरि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ  भने बाकी २ जना सदस्य कार्य समिती को पहिलो बैठक ले मनोनित गर्ने छ ।

प्रथम अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ का अध्यक्ष राम कृष्ण श्रेष्ठले सिलाइ ब्यवसायिहरु हक हित र अधिकारका लागि संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनु भयो । केन्द्रिय अध्यक्षको हैसियतले ब्यवसायी को हक हितको बिषयमा आफुले सम्बन्धित ठाउमा आवाज उठाउने पनि बताउनुभयो ।

 

नेपाल कपड़ा तथा सिलाइ ब्यवसायी संघ नवलपुरकाका अध्यक्ष राम बहादुर परियार को अध्यक्षतामा भएको सो कार्यक्रममा सिलाइ ब्यवसायी महासंघका , केन्द्रीय बरिस्ठ उपाध्यक्ष लाल बहादुर परियार , सिलाइ ब्यवसायी संघ गण्डकी प्रदेश का संयोजक किसन सेवा, केन्द्रिय कोषाध्यक्ष गणेश बराल ,केन्द्रयि सदस्य भोज राज रणपाल लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ नवलपुर मा हाल सम्म २ सय १९ जना ब्यवसायी हरु आवद्ध रहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology