नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति नेपालको निधन

NAWALPUR TIMES

नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति नेपालको निधन
1694499143388

कावासोती । नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवं प्रजातन्त्र सेनानी पुर्णचन्द्र नेपालको निधन भएको छ ।

वि.स १९९७ सालमा जन्मिएका प्रजातन्त्र सेनानी नेपालको ८४ वर्षको उमेरमा हिजो राती ९:३० बजे आफ्नै निवासमा निधन भएको हो । नेता नेपालका १ छोरा, २छोरी र २ श्रीमति रहेका छ्न ।

२०१७ सालमा राजा महेन्द्रले कु गरे पछि नेताहरु सँग भारत निर्वासनमा गएका नेता नेपाल २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको संगठन निर्माणम जुटेका थिए ।

जिल्लामा संगठन निर्माण गर्ने क्रममा वि.स २०३२ सालमा नेपाली कांग्रेस नवलपरासीका सभापति बनेका २०११ साल देखि नेपाली कांग्रेसमा आबद्ध रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाललाई वि.स २०३५ सालमा संघसंस्था नियन्त्रण ऐन अन्तर्गत तात्कालिन पन्चायती सरकारले गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।

यसै बिच नेपाली काङ्ग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधन प्रती दु:ख व्यक्त गरेको छ । जिल्ला सभापति महेन्द्रध्वज जिसीले शोक विज्ञप्ति जारी गर्दै नेता नेपालको निधनले पार्टीलाई ठूलो क्षती पुगेको तथा पार्टीले जुझारु र संघर्षशिल नेता गुमाएको बताएका छ्न । सभापति जिसीले स्वर्गीय नेता नेपाल प्रती श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छ्न ।

नेपाली कांग्रेस नवलपुरले नेता नेपालको शोकमा पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिन सम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology