नेपालले घरेलु मैदानमा ओलम्पिक छनोट खेल्ने

NAWALPUR TIMES

नेपालले घरेलु मैदानमा ओलम्पिक छनोट खेल्ने
womens football1677386198

सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘सी’ का खेल नेपालमा आयोजना हुने भएको छ।

नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै छ।

एएफसीले नेपाललाई समूह सीको आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ। प्यालेस्टाइन प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ।

पहिलो चरणका खेल अप्रिल ३ र ११ गते हुनेछन्।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ।

उत्तर कोरिय, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणको लागि छनोट भइसकेका छन्।

तेस्रो राउण्डबाट शीर्ष दुई टोलीले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान सुरक्षित गर्नेछन्।

छनोटको तयारीमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology