नेपालमा १० वर्ष मुनिका ४ हजार ७३३ जना बालबालिका कोरोना संक्रमित

NAWALPUR TIMES

नेपालमा १० वर्ष मुनिका ४ हजार ७३३ जना बालबालिका कोरोना संक्रमित
1604311770103

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका चार हजार ७ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख ७३ हजार ५ सय ६७ जना कोरोना संक्रमितमध्ये ४ हजार ७ सय ३३ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।

तीमध्ये एक हजार ९ सय ३६ जना बालिका रहेका छन् भने २ हजार ७ सय ९७ जना बालक रहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार २ सय ४३ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।

त्यस्तै प्रदेश २ मा ४२३, प्रदेश ५ मा ५१५, कर्णाली प्रदेशमा २०५, प्रदेश १ मा ४५०, सुदूरपश्चिम प्रदेशमा ६ सय १० जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८७ जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, पाँचथर, मनाङ, मुस्ताङ गरी ७ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology