नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ?

NAWALPUR TIMES

नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ?
images 2

काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने काम चलिरहेको छ। दसैँको बिदाका कारण केही दिन भने खोप कार्यक्रम सञ्चालन भएको छैन। तर स्वास्थ्य मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ।

नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। अर्थात् ६४ लाख ६९ हजार १५१ जनाले पूर्ण  मात्रा खोप लगाएका छन्।

त्यसैगरी, ३८.६ प्रतिशत (८३ लाख ८८ हजार ४०२ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्।

सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।

सरकारले दसैं अघिसम्म  लक्षित जनसंख्यामध्ये एक तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।

१८ वर्षमुनिका बालबालिकाका लागि नेपालमा फाइजर र मोडर्ना खोप आउने भएको छ। फाइजरको एक लाख डोज खोप भने अबको केही दिनभित्र आउने बताइएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology