नेपालमा थप २५६९ मा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नाघ्यो

NAWALPUR TIMES

नेपालमा थप २५६९ मा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नाघ्यो
Untitled 1

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ३ हजार २९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।

आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६१ जना संक्रमित थपिएका छन्।  काठमाडौंमा ९७६ भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना थप संक्रमित भएका छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology