नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

NAWALPUR TIMES

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि
omicron corona virus

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ वटा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।

यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology