नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४२,८७७

NAWALPUR TIMES

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४२ हजार ८७७ जना पुगेको छ।

बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२  संक्रमित थपिएका छन्।

देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २४ हजार २०७ उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा २५७ जना संक्रमितको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology