नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो

NAWALPUR TIMES

नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३५,५२९ पुग्यो
received 402035130687189 1

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

बिहीबार काठमाडौंमा  २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१  संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology