नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो

NAWALPUR TIMES

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो
1597732112.Death body Kaski

काठमाडौं। विश्वभर लाखौंको ज्यान लिइसकेको कोरोना भाइरसकै कारण नेपालमा पनि ज्यान गुमाउनेको संख्या ४०० नाघेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ४०१ पुगेको छ।

 

गत २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

 

यसरी मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ , सर्लाहीकी ५६, ललितपुरकी ७६ र ६८ , काठमाडौंकी ७७ र मकवानपुरकी ३७ वर्षीया महिला छन्।

 

त्यस्तै ललितपुरका ६० वर्षीय, काठमाडौंका ७५, रूपन्देहीका ६९ र बाँकेका ४५ वर्षीय पुरुष छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology