नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, आइतबार बोलाइयो स्थायी कमिटी

NAWALPUR TIMES

नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, आइतबार बोलाइयो स्थायी कमिटी
nekapa sachiwalaya 1605266564

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने भएको छ।

शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ,’ श्रेष्ठले भने।

उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। उनले दुई अध्यक्षबीचको छलफल जारी रहने बताए।

‘आजैको बैठकबाट निष्कर्ष निस्केको छैन, सम्भव पनि थिएन,’ उनले भने।

सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरेका थिए। दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बसेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology