नेकपा एमालेका नगर अध्यक्ष कावासोतीका मेयरका सल्लाहकार नियुक्त

NAWALPUR TIMES

नेकपा एमालेका नगर अध्यक्ष कावासोतीका मेयरका सल्लाहकार नियुक्त
1630510743208 1024x576 1 1

नारायण शर्मा, पूर्वी नवलपरासी

कावासोतीका मेयर बिष्णु प्रसाद भुसालले ऐन बिपरित एमाले पार्टी नेता रामकृष्ण ढुंगानालाई राजनैतिक सल्लाहकार नियुक्त गरेका छन ।

ढंगाना हाल नेकपा एमाले कावासोती नगरकमिटिका अध्यक्ष हुन । मेयर भूसाल एमालेवाटै मेयर बिजयी भएका हुन । अधिबक्ता भुपेन्द्र खनाल त्यसरी राजनैतिक पदमा बसेका ढुंगानालाई आर्थिक सुबिधा दिएर सल्लाहकारमा राख्नै नमिल्ने बताउछन ।। उहा कुनै बिषको बिज्ञ पनि होइन बिषयगत बिज्ञलाई आबस्यक काममा राख्न सकिने ब्यबस्था भएपनि राजनैतिक जिम्मेवारीमा रहेका ब्यक्तिलाई राख्नै मिल्दैन अधिबक्ता खनाल भन्छन ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेयले ढुंगानालाई गत असारमा नियुक्त गरिएको जानकारी दिए । राजनैतिक सल्लाहकार राख्ने कानूनी ब्यबस्था त छैन तर राखिएको छ पाण्डेय भन्छन उहालाई माशिकरुपमा दिइने तलब र अन्य सेवासुबिधाका बारेमा अब नगरसभाले निर्णय गर्ला । ऐनमा नभएको ब्यबस्था बिपरित किन नियुक्ती गरियो भन्ने बारेमा आफुले केहि बताउन नसक्ने पाण्डेयको भनाई छ । प्रदेश ऐन अनुसार त्यसरी राजनैतिक सल्लाहकार राख्न पाइदैन ।

नगरपालिकामा कानूनी सल्लाहकारमा पूर्व न्यायधिश ऋषि अधिकारीलाई नियुक्त गरिएको छ । उहालाई कानूनी बहसमा जादा उपलब्ध गराइने टिए, डिए भत्ता दिने गरिएको छ । कानूनी सल्लाहकारलाइ नगरसभाले तोकेर सेवा सुबिधा दिन सकिने पाण्डेय बताउछन । यस अघि अधिबक्ता भूपेन्द्र खनालले कानूनि सल्लाहकार भएर निःशुल्क सेवा दिएका थिए । उनले ५ वर्ष त्यहाको कानूनि सल्लाहकार हुदा माशिक कुनै तलब नलिएको टेलिफोनमा बताए । म कावासोतीकै स्थानिय बासिन्दा भएकाले निशुल्क सेवा दिएको हो र मैले माशिक तलब लिन्न भनेर नियुक्ती लिएको थिए खनालले सुनाए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology