नेकपामा भोलि दुवै पक्षले बोलायो केन्द्रीय कमिटी, एकले अर्को पक्षलाई कारवाहीको तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते १५:५२
नेकपामा भोलि दुवै पक्षले बोलायो केन्द्रीय कमिटी, एकले अर्को पक्षलाई कारवाहीको तयारी
2020 12 21 Nekapa Baithak

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुवै पक्षले भोलि मंगलबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

मंगलबार दिउसो १ बजे प्रचण्ड–नेपाल समूहले बबरमहलको कार्की ब्याङ्केटमा बैठक बोलाएका छन् भने केपी शर्मा ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा ।

ओली समूहले बिहान ९ बजे बैठक बोलाएका छन् ।

नेकपा कार्यालयमा दुई सचिवले छुट्टाछुट्टै बैठकका लागि एसएमएस पठाएका छन् ।

प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको छ भने ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई कारवाहीको तयारी गरेको स्रोतले जानकारी दियो ।

प्रकाशित : २०७७ पुष ६ गते १५:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI