निशु:ल्क ह्विल चियर वितरण

NAWALPUR TIMES

निशु:ल्क ह्विल चियर वितरण
20221224 155547 scaled

कावासोती । सामाजिक क्षेत्रमा काम गर्दै आएको नवलपुरको कावासोतीमा रहेको रोटरी क्लब अफ कावासोतीले शारीरिक रुपमा अशक्त रहनु भएका ८ जना अपांगलाई शुक्रबार ह्विल चियर वितरण गरेको छ ।

कावासोती नगरपालिका वडा नं ११, १२ र १३ का ८ अपांगता भएका व्यक्तिहरुलाई ह्विल चियर र न्यानो पछयौरा वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष भरत पोख्रेलले बताउनु भयो । समाजमा रहेर विभिन्न कारणले सामान्य जीवनयापन गर्न अप्ठ्यारोमा रहनु भएका व्यक्तिहरुको सहयोग लागि क्लब विगत देखि नै विभिन्न काम गर्दै आईरहेको र यो कार्यक्रम यसैको निरन्तरता रहेको पोख्रेलले बताउनु भयो ।

समाजमा रहेर अन्य व्यक्तिहरु सरह सामान्य
रुपमा जीवनयापन गर्न नसक्नु भएका व्यक्तिहरुका लागि सहज जीवनयापन गर्न सहयोग पुग्ने विभिन्न कार्यक्रमहरु आगामी दिनमा समेत सन्चालन गर्ने क्लबका पुर्व अध्यक्ष भोजराज दाहालले बताउनु भयो ।

कावासोती ११, १२ र१३ का वडा अध्यक्षहरु क्रमशः शारदाप्रसाद अधिकारी, धुर्व खनाल, लालबहादुर गुरुङ, कुमबहादुर गुरुङ डिबि चौधरी लगाएतकाको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

यस अघि पनि क्लबले मध्यविन्दु जिल्ला अस्पतालमा निशुल्क आँखा शिविर आयोजना गरेर १ सय ७० जनाको आँखाको निशुल्क अपरेसन गरेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology