निर्वाचन जिताएर पठाउनुस, जनतालाई निराश पार्नेछैन : नेता कार्की

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २२ गते २१:१८
निर्वाचन जिताएर पठाउनुस, जनतालाई निराश पार्नेछैन : नेता कार्की
received 516068277057509

कावासोती । नवलपुरमा उम्मेदवारहरुले निर्वाचन लक्षित प्रचार प्रसारलाई तिब्रता दिएका छन । सोही अभियान अन्तरगत घरदैलो अभियानलाई तिब्रता दिएका नवलपुर क्षेत्र नं. २ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेद्बार विष्णु कुमार कार्कीले निर्वाचन जिताएर पठाए आफुले जनतालाई निराश नपार्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

पहाडी क्षेत्रका मतदातासँगको भेटघाट सकेर कावासोती आएका कार्कीले मंगलबार वडा नं. ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । “निर्वाचन जिताएर पठाउनुस तपाईहरुको भरोसा टुटन दिन, तपाईंहरु निराश हुनु पर्ने अवस्था आउदैन”, कार्कीले भने ।

कार्यक्रममा बोल्दै कार्कीले नमूना सदरमुकाम निर्माण, केरुङ्गेखोला तटबन्ध सहित दिगो ब्यवस्थापन गर्ने बताए । त्यसै गरि कार्कीले गठबन्धनको सरकार बनेपछि सुकुम्वासी र अब्यवस्थित भूमिहिनलाई लालपूर्जा उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएका छन् ।

प्रदेश २ क का साझा उम्मेदवार माओवादीका सोप सिर्पाली सहित घरदैलो र कोणसभामा सहभागी कार्कीले कागजमा मात्र सिमित रहेको नमूना सदरमुकामको कार्यलाई मूर्त रुप दिन पनि गठबन्धनका उम्मेदवारले जित्नपर्ने जिकिर गरे ।
कार्कीले यसबाहेक यहाँका शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर बृद्धि, युवाहरुलाई उद्यमतर्फ लगाउने योजना, महिला, किशोरीलाई सुरक्षा सहितको आत्मनिर्भर बनाउन प्रभावकारी कार्यक्रम ल्याउने बताए ।

प्रकाशित : २०७९ कार्तिक २२ गते २१:१८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI