निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ८ गते १८:३६
निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर
1614926923 nepali congress mx3xCT37Q5

नवलपुर । नेपाली कांग्रेस नवलपुरले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

कांग्रेस केन्द्रिय कार्यसमितिले “घर घर जाउ कांग्रेस जिताउ” अभियानको सुरुवात गरे सँगै नवलपुरमा पनि कांग्रेसले अभियानलाई तिब्रताका साथ अगाडि बढाएको हो ।

अभियान अन्तर्गत कांग्रेसले संघिय क्षेत्र नं १ र २ मा भेला सम्पन्न गरिसकेको कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले जानकारी दिए ।

त्यसै गरि कांग्रेसले अभियान अन्तर्गत मंगलबार संघीय निर्वाचन  क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क र ख मा निर्वाचन लक्षित प्रशिक्षण सम्पन्न गरेको छ ।

संघीय निर्वाचन क्षेत्र , प्रदेश सभा निर्वाचन क्षेत्र , स्थानीय तह, तथा सबै वडाहरुमा प्रतिनिधि र प्रशिक्षक खटाएर एमसीसी परियोजनाको र यसको आवश्यकता, यस अघि कांग्रेसले गरेका राम्रा र जनमुखी काम, स्थानीय निर्वाचनमा कांग्रेसको भुमिका र ओलि नेतृत्वको सरकारले गरेका गलत कामको विषयमा जनतालाई प्रशिक्षण गराउने केन्द्रिय नीति अनुरुप नवलपुरमा पनि अभियानलाई निरन्तरता दिएको सचिब पोख्रेलले बताए ।

घरघर जाऔँ काँग्रेस जिताऔं अभियान अन्तर्गत चैत्र ९ गते भोली संघीय क्षेत्र नं. २ (क) को डण्डामा र २(ख) को अरुण खोलामा, चैत्र १० गते देखि १७ गतेसम्म पालिकाहरुमा र चैत्र १९ गते नवलपुरका ९२ वटा वडाहरुमा कार्यक्रम रहेको पोख्रेलले जानकारी दिएका छन ।

प्रकाशित : २०७८ चैत ८ गते १८:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI