निर्वाचन आयोगको निर्णय : गोपाल किराती र सन्ध्या तिवारीले नयाँ नाम प्रस्ताव गर्नुपर्ने

NAWALPUR TIMES

काठमाडौं- निर्वाचन आयोगले गोपाल किरातीको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमाले नाम खारेज गरिदिएको छ।
अदालतको आदेशअनुसार साविककै पार्टीलाई उक्त नाम कायम गरिदिनुपर्ने भएपछि उनीहरुलाई १५ दिनभित्र नयाँ नाम दर्ता गर्न जानकारी दिने मंगलबारको पदाधिकारी बैठकले निर्णय गरेको छ।
फागुन २३ गतेको सर्वाेच्च अदालतको आदेशले ती दुई दल साविककै अवस्थामा कायम रहने भएकाले २०७५ जेठ २ पछि आयोगमा दर्ता भएका किराती र तिवारीको दललाई नयाँ नाम प्रस्ताव गर्न भनिएको हो।
दल दर्ता नम्बर १५३ मा रहेको माओवादी केन्द्र र १६० मा रहेको एमालेका अध्यक्षद्वयलाई १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेश गर्न भनिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology