निर्वाचन अधिकृत तोकिए, यस्तो छ क्षेत्रगत नामावली

NAWALPUR TIMES

निर्वाचन अधिकृत तोकिए, यस्तो छ क्षेत्रगत नामावली
Election Commission
काठमाडौँ । निर्वाचन आयोगद्वारा आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएको छ ।

७७ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ भने बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ । न्याय सेवा आयोगको सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो ।

आयोगले निर्वाचन अधिकृतहरुको नामावली प्रकाशन गर्दै भनेको छ– ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नु पर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एकजना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था अनुसार आयोगले मिति २०७९/०६/११ गतेदेखि लागु हुने गरी न्याय परिषदको सिफारिशमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको सिफारिशमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त्त गरेको छ।’

यस्तो छ क्षेत्रगत नामावली 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology