कावासोती । नेकपा (माओवादी केन्द्र)ले सात लाख १५ हजार सदस्य रहेको दाबी गरेको छ । गत वर्ष मंसिरमा भएको निर्वाचनबाट माओवादीले समानुपातिकतर्फ ११ लाख ७५ हजार मत पाएको थियो ।
अध्यक्ष दाहालले प्रतिवेदनमा पार्टी सदस्यको संख्या सात लाख १५ हजार भए पनि पार्टी पार्टीजस्तो बन्न नसकेको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहाललको प्रतिवेदनमा सदस्यता रुजु गर्ने क्रममा त्यति सदस्यता कायम भएको उल्लेख भएको नेता लेखनाथ दाहालले जानकारी दिए ।
											
											प्रकाशित :  २०८० साउन  १७ गते १६:४९
										
										
										
	
										
										  
							 
						
Facebook Comment