निमार्ण सम्पन्न भएको एक वर्षमा पनि सन्चालनमा आएन कावासोतीको भ्यु टावर

NAWALPUR TIMES

निमार्ण सम्पन्न भएको एक वर्षमा पनि सन्चालनमा आएन कावासोतीको भ्यु टावर
received 395515765999769

राजु चापागाई/कावासोती

कावासोती नगरपालिका वडा नं १ को बालुवा डाँडामा भ्यु टावर बन्ने कुरा सुने पछि स्थानिय रिमबहादुर मगर खुसी थिए । भ्यु टावर बने पछि पर्यटकिय गतिविधी बढने र स्थानियको आयआर्जनमा वृद्धि हुने कुराले मगर लगाएत भ्यु टावर नजिकै घर भएका स्थानियहरुलाई खुसी बनाएको थियो तर भ्यु टावर बनेको एक वर्ष हुदाँ सम्म पनि सन्चालनमा नआउदा उनीहरुको खुसीले भने सार्थकता पाउन सकेको छैन ।

पटक पटक गरेर तीन वटा निमार्ण कम्पनिले काम गरेर करिब एक वर्ष अगाडीनै भ्यु टावरको निमार्ण सकिएको कावासोती नगरपालिकाका आर्किटेक्ट ईन्जिनियर पवन रुपाखेतीले बताए । रुपाखेतीका अनुसार भ्यु टावर निमार्ण सम्पन्न हुदाँ सम्म करीब ६८ लाख जति खर्च भएको छ । पटक पटक गरेर तीन वटा निमार्ण कम्पनिले कामको जिम्मा पाएका  र गत आ.वमै निमार्ण सम्पन्न गरि उनीहरुले भुक्तानी बुझि सकेका छन तर सर्वसाधरणका लागी भ्यु टावर अझै सन्चालमा भने आएको छैन ।

कावासोतीको फलफुल चोक देखि करिब ११ किलोमिटर उत्तरमा रहेको भ्यु टावर सन्चालनमा न आए पनि त्यहाँ सम्म पुग्नेको संख्या भने दैनिक रुपमा बढिरहेको स्थानिय रन्जित रानाले बताए । भ्यु टावर हेर्न र चढनका लागी भनेर आएका मानिसहरु भ्यु टावर बाहिरैबाट फोटो खिचेर फर्किने गरेका छन तर नगरपालिकाले सन्चालनमा चासो नदिदा स्थानियबासी भने सन्तुष्ट छैनन ।

स्थानिय निर्वाचन अगाडीनै कार्यपालिका बैठकले भ्यु टावर सन्चालनको जिम्मा कावासोती-१ मा नै रहेको जलदेवी प्राथमिक विद्यालयलाई दिने निर्णय गरेको भए पनि प्राविधिक जटिलताको कारणले सन्चालनमा आउन नसकेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले बताए ।

भ्यु टावरको व्यवस्थापन, सन्चाल गर्ने, शुल्क उठाउने र केही प्रतिशत नगरपालिकामा बुझाएर केही प्रतिशत विद्यालयले राख्ने गरि सम्पुर्ण जिम्मेवारी सहित विद्यालयलाई सन्चालनको जिम्मा दिने निर्णय भएको भए पनि विद्यालयले भ्यु टावर  सन्चालन गर्न नसक्ने जवाफ दिएको गुरुङले बताए । यस विषयमा थप निर्णय अबको कार्यपालिका बैठकबाट गरिने गुरुङको भनाई थियो ।

यस विषयमा विद्यालयकी प्रधानाध्यापक सुमित्रा भुसालले  तात्कालिन उपप्रमुख प्रेमशंकर मर्दनियाबाट आफुहरुले मौखिक रुपमा भ्यु टावर सन्चालनको जिम्मा पाएको जानकारी पाएको भए पनि लिखित रुपमा नगरपालिकाबाट पत्र प्राप्त नभएको बताईन । तात्कालिन उपप्रमुखबाट  उठेको शुल्कको ५० प्रतिशत विद्यालयले राखेर व्यवस्थापन र सन्चालन गर्ने कार्यपालिका बाट निर्णय भएको मौखिक जानकारी प्राप्त भएको र नगरपालिकालाई ५० प्रतिशत  बुझाएर विद्यालयले  सन्चालन गर्न गार्हो हुने भएकाले विव्यस र समुदायले चासो नदिएको प्रधानाध्यापक भुसालको भनाई थियो ।

भ्यु टावर रहेको कावासोती १ कावडा अध्यक्ष तबारक अहमद मियाले तत्काल भ्यु टावर सर्व साधरणको लागि अवलोकन गर्ने गरि आफुले छलफल अगाडि बढाएको र भदौको पहिलो साता भित्र भ्यु टावर सन्चालन हुने दाबी गरे । यस अघि सन्चालनको जिम्मा दिने भनिएको जलदेवी प्राथमिक विद्यालयको व्यवस्थापन र समुदाय सँग आफुले छलफल अगाडी बढाएको र विद्यालयले सन्चालन नगरे अरुकुनै माध्यमबाट व्यवस्थापन गर्ने गरि भए पनि भदौको पहिलो साता भित्र भ्यु टावर सन्चालनको तयारीमा आफुरहेको मियाले बताए ।

यता नगरपालिका र जनप्रतिनिधिहरुले छिट्टैनै भ्यु टावर सन्चालनमा ल्याउने बताईरहदा स्थानीय भने विश्वस्त हुन भने सकेका छैनन । “भ्यु टावर सन्चालनमा न आउँदा सम्म विश्वास गर्ने वातावरण छैन, निर्माण सकिएको वर्ष हुदा सम्म अनि सन्चालनमा आएको छैन सजिलै विश्वास गरिहाल्ने वातावरण छैन” एक जना स्थानीयले भने ।

भ्यु टावर सन्चालन सँगै भ्युटावर सम्म पुग्ने बाटो कालोपत्रे हुनु पर्ने र भ्यु टावर सँगै पार्क बन्नु पर्ने स्थानीयहरु बताउछ्न । “यहाँ आईपुग्ने बाटो राम्रो छैन, भुल्न घुम्न पार्क छैन, टावर चढन एक पटक आएको मानिस अर्को पटक फर्कैदन, टावर सन्चालन सँगै बाटो र पार्कको व्यवस्थापन हुन जरुरी छ” स्थानीय रिमबहादुर मगरले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology