निधिको समर्थन पनि देउवालाई

NAWALPUR TIMES

निधिको समर्थन पनि देउवालाई
deuba nidhi1639460703

काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।

निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

देउवाले निधिलाई उनकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गरेका थिए । संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् । निधिको सचिवालयले औपचारिक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउने बताएको छ ।

यसअघि प्रकाशमान सिंहले देउवालाई समर्थन गरिसकेका छन् ।

सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology