कावासोती । दोस्रो जनआन्दोलन पछिको काठमाडौको सडकमा ठूलो प्रदर्शनको रुपमा हेरिएको शिक्षक आन्दोलनले सिङ्गो देशको ध्यानाकर्षण मात्रै गराएन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्चार माध्यममा यो आन्दोलनले महत्त्वपूर्ण स्थान प्राप्त गर्यो ।
सरकारले संघीयता पछि ल्याउन लागेको महत्त्वपूर्ण ऐन संघीय शिक्षा ऐनले शिक्षकहरुको हितमा न आएको भन्दै देश भरका १ लाख धेरै शिक्षकले काठमाडौको माईतिघर मण्डलामा भेला भएर देशनै ठप्प पार्ने प्रदर्शन गरे । विगतका आन्दोलन जस्तो ढुङ्गा मुढा गर्ने, रेलिङ्ग भाँच्ने, प्रहरीलाई दुर्व्यवहार गर्ने काम शिक्षकले गरेन्न एउटा बौद्धिक आन्दोलनको रुपमा आन्दोलनलाई अगाडी बढाएका थिए ।
तिनै एक लाख बढी शिक्षकको भिडमा थिए पुर्वी नवलपरासी देवचुलीका शिक्षक होमनाथ न्यौपाने जो यति बेला भाईरल गुरु भनेर देश भर चिनिएका छ्न । सामाजिक संजाल फेसबुक, टविटर, टिकटक लगाएतमा उनी यति बेला छाएका छ्न ।
शिक्षक आन्दोलनको पहिलो दिन माईतिघर मण्डलामा भेला भएर आन्दोलन सुरु भए पछि न्यौपानेले लगाएको नाराले सबैको ध्यान खिच्यो ।
“तिम्लाई कल्ले पढायो ?
हामी जस्ता गुरुले।
मन्त्री कल्ले बनायो ?
हामी जस्ता गुरुले।
मन्त्री कल्ले खुस्काउँछ ?
हामी जस्ता गुरुले। “
न्यौपानेले लगाएको यो नारा मात्रै चर्चित भएन सिलाएको झोला बोकेर आन्दोलनमा गएका उनको झोलाको तस्बिर सन्जालमा आए पछि उनको चर्चा झनै चुलियो ।सिलाएको झोला बोकेर आन्दोलनमा अगुवाइ गरिरहेका उनको भिडियो भाइरल भएको थियो ।
को हुन भाईरल गुरु न्यौपाने ?
पुर्वी नवलपरासीको देवचुली-१५ मा रहेको जनज्योति माध्यमिक विद्यालयको गणित शिक्षक समेत रहेका ४० वर्षीय होमनाथ न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्रमा विशिष्ट श्रेणी सहित स्नातकोत्तर गरेका छ्न । न्यौपाने २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षामा नाम निकालेर पश्चिम नवलपरासीको जनत माध्यमिक विद्यालय मनहरीमा १० महिना अध्यापन गराए पछि उनी घरपाएक सरुवा पाएर जनज्योति माध्यमिक विद्यालयमा आएका थिए ।
शिक्षण सेवामा प्रवेश गर्नु अगाडि उनी निजामती सेवाका कर्मचारी थिए । प्रशासन तर्फका खरिदार पदमा ३ वर्ष सेवा गरेपछि उनी निजामती सेवा छोडेर शिक्षण पेशामा फर्किएका हुन् । जिल्ला हुलाक कार्यालयको खरिदारको रुपमा पोष्टिङ भएपनि उनको काज प्रधानमन्त्री कार्यालयमा थियो । प्रधानमन्त्री कार्यालयमा जागिरे हुँदा हुँदै उनी शिक्षक सेवामा नाम निकालेर अध्यापन पेशामा लागेका हुन ।
न्यौपानेका श्रीमान श्रीमती दुवै स्थायी शिक्षक हुन । न्यौपानेले आफ्नि छोरीलाई पनि आफ्नै विद्यालयमा पढाउँछन् । उनकी
छोरी प्रकृति न्यौपाने कक्षा १० की छात्रा हुन् । उनी कक्षा मात्रै होइन विद्यालयकै प्रथम पनि छन् । जिल्लामा भएका अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन्छिन् ।
‘हामी दम्पतीनै सामुदायिक विद्यालयमा देशको भविष्यका कर्णधारलाई पढाउदै छौ, भोलिका प्रशाशक, नेता, मन्त्री ,प्रधानमन्त्री, राष्ट्रपतिलाई पढाउदै छौ राज्यले पनि शिक्षकलाई विभेद गर्न बन्द गरोस, सम्मान पुर्वक पेशामा रमाउने वातावरण बनाईदिओस,’ न्यौपानेले भने ।
प्रकाशित : २०८० असोज ६ गते १३:५८
Facebook Comment