निउरो साग टिप्न निकुञ्ज प्रवेश गरेकी महिला बाघको आक्रमणमा परेर बेपत्ता

NAWALPUR TIMES

बर्दिया ।  बर्दियामा फेरि पाटेबाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात भएको छ । ठाकुरबाबा नगरपालिका वार्ड नं ७ वनखेत बस्ने ५५ बर्षीय डल्ली रावतको अवस्था बाघको आक्रमण पछि अज्ञात रहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र न्युरो साग टिप्न गएको बेला दिउँसो ३ बजेको आसपासमा पाटे बाघको आक्रमणमा परेकी थिईन्। आक्रमणमा परेर अज्ञात रहेकी रावतको खोजतलास भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

यस अघी बर्दियामा मात्रै ८ जनाले बाघको आक्रमणमा परि ज्यान गुमाएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology