नारी दिवस विषेश : गजल

NAWALPUR TIMES

नारी दिवस विषेश : गजल
FB IMG 16151792604871312

सरस्वती तिमिल्सिना-

कठै कति रोए होलान् छोरीहरु निर्मला, भागीरथी
अँध्यारो मै सुक्सुकाए, बिलाए गुमनाम अझै कति

 

छोरी हो सरस्वती, लक्ष्मी स्वरुप भनि पूज्नेहरु हो
तिनै छोरीहरु लुटिरहँदा के हुन्छ खै तिम्रा मति?

 

रोक यि सब हे विधाता कतै तिम्रो अस्तित्व छ भने,
सुनी चित्कार चेलीको किन रोकिन्न खै सूर्यको गति

 

जगाएर अयोध्याको धुनी राखौँ अग्निपरीक्षा फेरी,
सीता जलाउ चीता दहन हुन् दुश्शासनहरु जति

 

कावासोती, नवलपुर

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology