नारी दिवसको अबसरमा समाज रुपान्तरणमा भुमिका खेलेका नारीलाई हुप्सेकोटको सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २५ गते १२:१०
नारी दिवसको अबसरमा समाज रुपान्तरणमा भुमिका खेलेका नारीलाई हुप्सेकोटको सम्मान
331441849 519325750363363 8583012898266399714 n scaled

हुप्सेकोट
एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हुप्सेकोट गाउँपालिकाले तीन जना नारीहरुलाई सम्मान गरेको छ ।
हुप्सेकोट गाउँपालिकामा जन्मी हुर्किएका शिक्षा, स्वास्थ्य र प्रहरी सेवामा आवद्ध भएर लामो समयदेखि समाज रुपान्तरणमा लागि परेका तिन जना महिलालाई सम्मान गरिएको हो । नारी दिवसको अवसरमा आयोजित नारी दिवस विशेष समारोहमा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रहरी नायब निरीक्षक(सई) राधिका बस्याल, डा.लक्ष्मी खड्का र मावि स्थाई शिक्षक दरिसा ढेगालाई सम्मान गरेकी हुन ।

सम्मानित नारीहरु हुप्सेकोट गाउँपालिकामा नै जन्मी हुर्की स्थानीय विद्यालयमा अध्ययन गरि समाज रुपान्तरणको पक्षमा उदाहारणीय कार्य गरेको हुँदा सम्मान गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताईन ।
कार्यक्रममा कलाकार सरिता लामिछानेलाई समेत सम्मान गरिएको थियो । कलाकारिता मार्फत महिला अधिकारका सन्दर्भमा समाजमा पुर्याएको चेतनाको कदर गर्दै गाउँपालिकाद्वारा सम्मान गरिएको अध्यक्ष पाण्डेले बताईन ।

नारी दिवसको अवसरमा नारी सम्मान कार्यक्रम सहित विभिन्न क्षेत्रका विज्ञ संग “लैङ्गिक समानताका लागि किशोरी”विषयक अन्तरक्रिया कार्यक्रम र नारी दिवस विशेष समारोह आयोजना गरिएको हो । लैङ्गिक समानताका लागि किशोरी विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे सहित अधिकारकर्मी एवं लोकप्रिय कलाकार सरिता लामिछाने, जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख कृष्ण प्रसाद लम्साल,जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी,गाउँपालिका उपाध्यक्ष पुर्ण सिं राना संग स्थानीय किशोरी एवं महिलाहरुले दोहोरो संवाद गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले लैङ्गिक समानताका लागि महिला अधिकारको चेतना सङ्गै साहस आवश्यक रहेको बताएका थिए ।
यस वर्षको ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधारःसिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा सहित बुधवार विश्वभर मनाईएको छ ।

प्रकाशित : २०७९ फागुन २५ गते १२:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI