नारायणी सहित केही नदीमा बहाव बढ्ने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते ८:२८
नारायणी सहित केही नदीमा बहाव बढ्ने
narayani river 20211202114904

नवलपुर । देशका केही स–साना नदीहरूमा आज बहाव बढ्ने पूर्वानुमान छ ।

बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोसी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबई नदीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, लमजुङ, गुल्मी, पाल्पा र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।

ती स्थानका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित : २०७९ जेठ २३ गते ८:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI