नारायणी नदी सरसफाइमा सहभागी भए राजेश हमाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ७ गते ११:३७
नारायणी नदी सरसफाइमा सहभागी भए राजेश हमाल
rajesh dai

नवलपुर । अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे ।

हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे । हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिए । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले बताए ।

‘पर्यावरण संरक्षणमा पनि राम्रो सन्देश जाओस् भनेर सरसफाइमा लागेको हुँ,’ हमालले भने । साथै उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्न समेत आग्रह गरे । सानोमा राजेश हमाल हुर्किएको ठाउँ पनि यही हो । हमाल भन्छन्, ‘हामी यो ठाउँमा घुम्ने समयमा प्लास्टिकका वस्तु त्यस्तो धेरै हुँदैनथे । अहिले पानी, खाजा जे खाँदा पनि प्लास्टिक प्रयोग हुने भएकाले फोहोर पनि बढेको छ ।’

प्रकाशित : २०७८ चैत ७ गते ११:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI