नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता  भएका  बालक मृत फेला

NAWALPUR TIMES

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता  भएका  बालक मृत फेला
narayani river 20211202114904

कावासोती । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता  भएका  बालक मृत अवस्थामा फेला परेका छन  । पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका नवलपुर देवचुली- १  का १५ वर्षीय संयोग ढकालको मृत्यु भएको हो ।

हिजोदेखि वेपत्ता भएको ढकालको शव आज प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनी वेपत्ता भएपछि नवलपुरबाट प्रहरी वरिष्ठ नायव निरिक्षक शेरबहादुर थापाको कमाण्डमा खटिएको ५ जनाको टोलि र सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा व्यास दलदलेबाट शसस्त्र प्रहरी निरिक्षक विनोद पौडेलको कमाण्डमा खटिएको ५ जनाको टोलिले ढकालको शव फेला पारेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology